दमाैली, १५ जेठ । आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय १० ट्याब्लेट सहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ बस्ने २९ वर्षीय जय कुमार बल (तामाङ) लाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले नारायणगढबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख १९९४ नम्बरको माईक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।