दमौली, ३ असार । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले मनाङमा अनुगमन गरेको छ। कार्यालयको कार्यक्षेत्र मनाङ जिल्लाको ताल भन्ने ठाउँमा रहेको अचार उद्योगको अनुगमन निरीक्षण सम्पन्न गरिएको हो ।
यसै क्रममा त्यस भेगका होटल तथा खाद्य पसलहरुको समेत अनुगमन गरी म्याद नाघेका करिब २५०० बराबरका खान अयोग्य सामाग्री तत्काल नष्ट गर्न लगाइएको छ।