एसियन कप छनोटमा नेपालको शानदार सुरुआत, लाओस ९–० ले पराजित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    एसियन कप छनोटमा नेपालको शानदार सुरुआत, लाओस ९–० ले पराजित

    खबरपुञ्ज संवाददाता

    १४ असार २०८२, आईतवार

    काठमाडौं, १५ असार ।  एएफसी महिला एसियन कप छनोट नेपालले शानदार सुरुआत गरेको छ ।उज्वेकिस्तानमा जारी छनोटअन्तर्गत पहिलो खेलमा नेपालले लाओसलाई ९–० को गोल अन्तरले पराजित गर्‍यो ।

    नेपालका लागि कप्तान सावित्रा भण्डारी साम्बा एक्लैले ५ गोल गरिन् । साम्बाले कप्तानको रुपमा डेब्यु खेलमै शानदार प्रदर्शन गरिन् । यस्तै सरु लिम्बु, अनिता बस्नेत, रश्मीकुमार घिसिङ र अनिता केसीले एकएक गोल गरे ।

    १२औं मिनेटमा अनिताको गोलबाट पहिलो अग्रता लिएको नेपालका लागि कप्तान साम्बाले ४४औं मिनेटमा दोस्रो गोल गरेकी थिइन् । पहिलो हाफमा २ गोल गरेको नेपालले दोस्रो हाफमा थप ७ गोल गर्‍यो ।

    पहिलो जित निकालेको नेपाल छनोटमा समूह ‘एफ’ मा छ । उक्त समूहमा नेपालसहित आयोजक उज्वेकिस्तान, लाओस र श्रीलंका छन् । नेपालले दोस्रो खेलमा असार १८ गते श्रीलंका र २१ गते घरेलु टोली उज्वेकिस्तानसँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहन सके नेपाली महिला टोली अर्को चरणमा प्रवेश गर्नेछ ।