


काठमाडौ, २३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। आज दिउँसो १ बजे बस्ने बैठकमा स्पेन भ्रमण र संयुक्त राष्ट्रसंघीय ‘विकासका लागि वित्त’सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलगायतका विषयमा सम्बोधन गर्न लागेका हुन्।
असार १४ गते स्पेनको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किएका थिए । भ्रमणका क्रममा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरस, पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रो, इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली, स्तोनियाका राष्ट्रपति अलार कारिससँ शिष्टाचार भेट गरेका थिए। उनले स्पेनका विभिन्न क्षेत्रको भ्रमण तथा अवलोकनसमेत गरेका थिए।