भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुई जना पाइलटको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुई जना पाइलटको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २४ असार २०८२, बुधबार

    काठमाडाैँ, २५ असार । भारतको पश्चिमी राज्य राजस्थानमा बुधवार एक प्रशिक्षक जहाज दुर्घटनाग्रस्त हुँदा भारतीय वायुसेनाका दुई पाइलटहरूको मृत्यु भएको भारतीय वायुसेनाले जनाएको छ । 

    राजस्थानको चूरू जिल्लामा सामान्य प्रशिक्षण मिसनको क्रममा उक्त जगुआर प्रशिक्षक जहाज दुर्घटनामा परेको थियो ।

    भारतीय वायुसेनाले सामाजिक सञ्जालमार्फत भनेको छ,’सामान्य प्रशिक्षणका क्रममा चूरू नजिक प्रशिक्षक जहाज दुर्घटना हुँदा दुवै पाइलटहरूले ज्यान गुमाउनुभएको छ । यस घटनामा कुनै नागरिक सम्पत्तिमा क्षति भएको छैन ।’