


काठमाडाै, १ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्याैपानेले जनताका काम सुस्त, सरल र सहज रुपमा सम्पादन गर्न निर्देशन दिएकी छन् । बिहीबार मन्त्रालयमा आयाेजित परिचयात्मक कार्यक्रममा मन्त्री न्याैपानेले भ्रष्टाचार, ढिलासुस्ती र अनियमिततालाई आफूले नसहने भन्दै कानुनको पालना गर्दै कार्य सम्पादन गर्न निर्देशन दिइन् ।
मन्त्री न्याैपानेले बुधबार शपथग्रहण गरी साँझ नै पदभार ग्रहण गरेकी थिइन् ।
कार्यक्रममा मन्त्रालयका सचिव रविलाल पन्थीले मन्त्रालयका बारेमा जानकारी गराएका थिए ।