बन्दीपुरको केबलकारको आइपिओ खुल्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    बन्दीपुरको केबलकारको आइपिओ खुल्यो

    खबरपुञ्ज संवाददाता

    १० भाद्र २०८२, बुधबार

    काठमाडौं, ११ भदौ । आम सर्वसाधारणका लागि बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ आजदेखि खुलेको छ ।

    जारी पूँजी २ अर्ब ८३ करोडको २०.७० प्रतिशत सेयर अर्थात् ५८ लाख ६० हजार कित्ता सर्वसाधारण समूहमा छुट्याइएको छ । जसमध्ये आयोजना प्रभावित, वैदेशिक रोजगारमा रहेका, कर्मचारी, सामूहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको ४३ लाख ४१ हजार ८० कित्ता सेयर सर्वसाधारणका लागि खुलेको हो ।

    भदौ १५ गतेसम्म कम्पनीको सेयरमा आवेदन दिन सकिने बिक्री प्रवन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ । न्यूनतम १० तथा अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

    अनलाइन प्रणाली मेरोसेयर वा आफ्नो खाता रहेको सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सकिनेछ ।

    कम्पनीको मुख्य बिजनेस भनेको केबुलकार तथा होटल सेवा हो । बन्दीपुरमा केबुलकार गत वर्षको जेठ ३१ गतेबाट व्यावसायिक रुपमा सञ्चालनमा आएको छ । कम्पनीअन्तर्गत रहेको होटल क्वीन टावर आगामी मंसिरदेखि सञ्चालनमा आउने अनुमान छ ।

    कम्पनीले केबुलकार तथा होटलसँगै ड्राइभइन रेष्टुरेन्ट, मनोरञ्जनात्मक बगैंचा, जीप लाइन, स्काई साइक्लिङ्ग सञ्चालनमा ल्याइएको जनाएको छ ।

    केयर रेटिङ नेपालबाट बीबी रेटिङ पाएको छ । जसले दायित्व वहनमा कम्पनीलाई मध्यमस्तरको संकेत गर्दछ । कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं कालीमाटीमा रहेको छ । (अनलाइन खबरबाट)