प्रदर्शनकारीले जलाएको अटो सोरूममा भेटियो युवतीको जलेको शव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रदर्शनकारीले जलाएको अटो सोरूममा भेटियो युवतीको जलेको शव

    खबरपुञ्ज संवाददाता

    २४ भाद्र २०८२, बुधबार

    पोखरा, २५ भदौ । पोखराको नयाँबजारमा प्रदर्शनकारीले जलाएको अटो सोरूमको भवनभित्र जलेको अवस्थामा एक युवतीको शव भेटिएको छ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार सोरूमको आगो निभाउने क्रममा बुधबार शव भेटिएको हो।

    गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले सञ्चालन गरेको उक्त अटो सोरूममा प्रदर्शनकारीले मंगलबार आगो लगाएका थिए।

    जलेको अवस्थामा फेला परेको युवतीको पहिचान भने भइसकेको छैन।