


काठमाडाै, ३१ भदाै । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जेनजी आन्दोलनपछिको परिस्थिति सम्झिँदै धुरुधुरु रोएका छन् । उनी प्रधानमन्त्री बन्ने उद्देश्य बोकेर काठमाडौं आए पनि रित्तो हात फर्किएका थिए ।
काठमाडौंबाट धरान पुगेपछि पत्रकारहरूको भेटमा विदेशीले देशलाई टेकओभर गर्न सक्ने सम्भावना रहेको भन्दै हर्क भक्कानिएका हुन् । धरानमा केही सञ्चारकर्मीसँग कुरा गर्दै साम्पाङले आफूलाई खानेपानी र श्रम मन्त्री दिइएको भए पनि स्वीकार नगरेको बताए ।
पत्रकार भेटघाटमा हर्क भक्कानिएर बोली अड्किएपछि केही पत्रकारले ‘यतिखेर नरुनुस्’ भनेर समेत सम्झाएका थिए । त्यसपछि सम्हालिँदै हर्कले भने, ‘विदेशीले यतिखेर टेकओभर गर्नसक्ने सम्भावना छ । सबै नेताहरू भागाभाग छन् । कोही रक्ताम्य छन् । कोही बागमतीमा कुटाइ खाँदै गरेको देखिन्छ ।’
हर्कले थपे, ‘पार्टीहरूका कार्यालय तहसनहस छन् । अब को शक्ति आउने हो देशमा रु कोही छैन । कसले त्यस्तो गर्यो, कसरी त्यस्तो भयो भन्ने कसैलाई थाहा नभएको स्थिति छ । अनि मलाई सबै मान्छेले काठमाडौै जानु भने । त्यत्रो मान्छेले भनिसकेपछि मलाई लाग्यो, म त देश बनाउन आएको मान्छे हो ।’