आयुर्वेदिक पद्धतिकाे आवश्यकता र महत्व
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • सम्पादकीय

    आयुर्वेदिक पद्धतिकाे आवश्यकता र महत्व

    गाेरा मियाँ

    २२ भाद्र २०७७, सोमबार

    संसारका मुलुकहरुमध्ये हिमाल, पहाड, तराई प्रकृतिले भरिपूर्ण रहेको देश नेपाल हो भनेर अन्तराष्ट्रले चिन्ने गरेको छ । मानवीय जीवनलाई स्वस्थ राख्ने सबै प्रकारका अति आवश्यक तत्व नेपालमा पाइन्छ भन्ने विदेशीले बयान गर्ने गरेका छन् । नदी, खोला, झरना र हिमाल पहाडका मनोरम दृश्यले बाह्य पर्यटकको मनै लोभ्याउने गरेको छ । जताततै वनजंगलको हरियाली, हिमाल पहाडका अमूल्य जडिबुटी हजारौ बिरामीको स्वास्थ्य प्रदायक औषधिको भण्डार रहेको छ नेपालमा । २०४० सालसम्म विदेशमा उत्पादित औषधिहरु देशको राजधानी र अन्य ठूला शहरमा मात्र पाइने गर्दथे । स साना बजार र ग्रामीण भेगका स्थानीयको बिरामीको उपचार जडिबुटीद्वारा आयुर्वेद पद्धति र वैद्यमार्फत् गर्ने गरिन्थ्यो । उतिबेलाका वैद्यहरु रसादी आयर्वुेद उपचार पद्धतिमा धेरै जानकार थिए । नेपालमा कोभिड १९ को प्रभावले गत चैत ११ गतेदेखि लकडाउन शुरु भएको थियो । यसअगाडी बिरामीको चापले भरिभराउ रहेका अस्पतालहरु अहिले सुनसान जस्तै देखिने गरेका छन् । मुलुकमा बढ्दै गएको संक्रमणले आम मानिसलाई स्वास्थ्यप्रति सचेत बनाएको छ । खानपिन र सरसफाईमा ध्यान दिनाले बिरामी हुनेको संख्यामा कमी आएको छ । अहिले सामान्य रोग लागेका बिरामीले जडिबुटीको सहारा लिँदै घरेलु उपचार आफैले गर्न थालेका छन् । यस पद्दतिले धेरै बिरामी ठिक हुने र रोग निके हुँदै जानेमा ढुक्क छन् । यतिबेला व्यायाम गर्ने र कुनै रोग लागेमा जडिबुटीका बोक्रा कुटेर ढुटो बनाई खाने प्रचलन बढेको छ । अस्पतालबाटै कोरोना संक्रमण बढ्न थालेपछि बिरामीहरु अस्पताल जान छाडिसकेका छन् । अब मुलुकभर एलोपेथिक औषधि भन्दा आयर्वुेदिक औषधितर्फ मानिसको आकर्षण बढ्न थालेको छ ।

    तनहुँ जिल्लामा लामो समयसम्म रिक्त रहेको आयर्वुेद स्वास्थ्य केन्द्रले पदाधिकारी पाएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालक तथा व्यवस्थापन समितिमा देवीबहादुर बस्नेत नियुक्त हुनुभएको छ । आयुर्वेद उपचार पद्धतिलाई विश्वसनीय बनाउने मुख्य जिम्मेवारी बस्नेतको काँधमा आइपरेको छ । स्वास्थ्य केन्द्रले जडिबुटीलाई आधुनिक पद्धतिका माध्यबाट उत्पादन गरी उपचारमा जोड दिन सक्नुपर्छ । आयर्वुेद उपचारमा तनहुँवासीलाई आकर्षण गर्न सके देशव्यापी रुपमा आयर्वुेद स्वास्थ्य केन्द्र तनहुँ नमूना बन्न सक्छ । यसतर्फ सोच्नुपर्ने बेला आएको छ ।