तनहुँ : तनहुँको ऋषिङ गाउँपालिकाले एक वर्षको वार्षिक समिक्षा गरेको छ । गत आर्थिक वर्ष ०७६/७७ मा सम्पन्न भएका कामको गाउँपालिकाले समिक्षा गरेको हो ।
आइतबार गाउँपालिकाको कार्यालयमा आयोजित समिक्षा कार्यक्रममा संविधानसभा सदस्य झुलबहादुर आलेले गाउँपालिकालाई समृद्ध बनाउने गरी जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले ‘ऋषिङ समृद्धिको आधार ः कृषि, संस्कृति, पर्यटन र पूर्वाधार’ मूल नारालाई प्राथमिकता दिँदै कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । सो अवसरमा गाउँपालिकाका लेखा अधिकृत दिनेशकुमार तिमिल्सिनाले एक वर्षको अवधिमा भएको आम्दानी र खर्चको विवरण प्रस्तुत गर्नुभएको थियो ।