गण्डकीमा थपिए ४१ कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा थपिए ४१ कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ८ आश्विन २०७७, शुक्रबार

    तनहुँ : गण्डकी प्रदेशमा शुक्रबार ४१ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विवरण अनुसार लमजुङ, कास्की, गोरखा र नवलपुरमा ४१ सङ्क्रमित थपिएका हुन् ।

    स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार लमजुङमा तीन, कास्कीमा १७, गोरखामा १२ र नवलपुरमा ९ जना सङ्क्रमित थपिएका छन् । लमजुङको राइनास नगरपालिका, सुन्दरबजार नगरपालिका, कास्कीको पोखरा महानगरपालिका, गोरखाको पालुङटार नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका, गण्डकी गाउँपालिका, भीमसेन गाउँपालिका र नवलपुरको गैडाकोट नगरपालिकामा सङ्क्रमित थपिएका छन् ।

    योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ हजार ६ सय ४५ पुगेको छ । थपिएकामध्ये पोखरा महानगरपालिका–१७ का २४ वर्षीय पुरुष भाटभटेनी सुपरमार्केटमा कार्यरत हुनुहुन्छ । उहाँको नमूना सङ्कलन गण्डकी मेडिकल कलेजबाट गरिएको थियो । पोखरा महानगरपालिका–३० र २९ का ४९ वर्षका पुरुष र लमजुङको राइनास नगरपालिका नगरपालिकाका २१ वर्षीय पुरुष भारतबाट आई क्वारेन्टिनमा बस्नुभएको थियो । गोरखाको भीमसेनका २४ र ३३ वर्षीय पुरुष मोटरसाइकल वर्कसप र पुर्ननिर्माण परियोजनामा कार्यरत हुनुहुन्छ ।