मिर्गौला पीडितलाई जलदेवी टोलको सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    मिर्गौला पीडितलाई जलदेवी टोलको सहयोग

    खबरपुञ्ज संवाददाता

    ९ आश्विन २०७७, शनिबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका-४ निवासी दुवै मिर्गौला पीडित रामलाल श्रेष्ठलाई जलदेवी टोल विकास संस्थाले आर्थिक सहयोग गरेको छ । लामो समयदेखि डायलासिस गराइरहनुभएका श्रेष्ठलाई टोलले शनिबार रु ६ हजार सहयोग गरेको हो ।

    उक्त रकम टोलका अध्यक्ष टिका गिरी, सचिव गोविन्द लम्साल लगायतले हस्तान्तरण गर्नुभयो । आफ्नै वडाभित्रका व्यक्तिलाई परेको मर्कामा साथ दिन केही रकम सहयोग गरिएको गिरीले जानकारी दिनुभयो ।

    सोही क्रममा टोलका अन्य व्यक्तिहरुले समेत मिर्गौला पीडित श्रेष्ठलाई सहयोग रकम प्रदान गरेका थिए । उक्त कार्यक्रममा म्याग्दे दमौली सम्पर्क समाजका अध्यक्ष भाग्यशाली ढुङ्गाना, उपाध्यक्ष मनिराज थापा लगायत उपस्थित हुनुहुन्थ्यो।