काठमाडौ : राष्ट्रपति विद्यादेवी भण्डारीले तेजाव फ्याक्ने अपराधीमाथि कडा कारवाहीको व्यवस्थाका लागि अध्यादेश जारी गर्नु भएको छ । उहाँले सरकारले सिफारिश गरेको तेजाव तथा अन्य घातक रासायनिक पदार्थ(नियमन) अध्यादेश २०७७, सोमबार जारी गरेकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाव आक्रमणमा पीडित बनेकाहरुसँगको छलफलमा यसबारे कडा नियमसहितको कानुनी व्यवस्था गर्ने प्रतिवद्धता जनाएका थिए ।
सोही अनुसार सरकारले यस्तो अध्यादेश ल्याएको हो ।