तनहुँ : तनहुँमा शुक्रबार दुई कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार देवघाट र शुक्लागण्डकीका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा देवघाट-५ का २८ वर्षीय पुरुष र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा शुक्लागण्डकी वडा नखुलेका ३५ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।