राजभण्डारीलाई ‘विजनेस अचिभमेन्ट अवार्ड’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    राजभण्डारीलाई ‘विजनेस अचिभमेन्ट अवार्ड’

    खबरपुञ्ज संवाददाता

    १९ कार्तिक २०७७, बिहीबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका-३ दमौली घर भई हाल अष्ट्रेलियाको सिड्नीमा रहनुभएका सन्देश राजभण्डारीलाई ‘विजनेस अचिभमेन्ट अवार्ड’ प्राप्त भएको छ ।

    राजभण्डारीले सञ्चालन गर्नुभएको आरबि हेयर एण्ड व्युटी लाउन्ज (RB Hair & Beauty Lounge) लाई ‘विजनेस अचिभमेन्ट अवार्ड’ प्राप्त भएको हो । सर्वसाधारणलाई उत्कृष्ट सेवा दिए बापत उक्त अवार्ड प्राप्त भएको राजभण्डारीले जानकारी दिनुभयो ।

    उक्त अवार्ड सांसद मार्क कोर (MP Mark Coure) ले प्रदान गर्नुभएको थियो । अवार्डले आफूहरुलाई हौसला मिलेको उहॉले बताउनुभयो । “ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता हो, उत्कृष्ट सेवाका लागि हामी प्रतिबद्ध छौ,” उहॉले भन्नुभयो ।

    सन् २०१३ मा अष्ट्रेलिया पुग्नुभएका सन्देश र उहॉका श्रीमती मौसमी राजभण्डारीले २०१८ मा उक्त व्यवसाय शुरु गर्नुभएको थियो । दमौलीमा हुँदादेखि नै व्यवसायमा आबद्ध रहनुभएका राजभण्डारीले सिड्नीमा छोटो समयमै उक्त अवार्ड प्राप्त भएपछि हौसला मिलेको बताउनुभयो । उहॉले ६ जनालाई रोजगारी समेत दिनुभएको छ ।

    राजभण्डारी सिड्नीस्थित विभिन्न सङ्घसंस्थामार्फत् सामाजिक काममा अग्रसर हुनुहुन्छ ।