विश्वभर १३ लाख ३६ हजार कोरोना संक्रमितको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    विश्वभर १३ लाख ३६ हजार कोरोना संक्रमितको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २ मंसिर २०७७, बुधबार

    एजेन्सी : विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ करोड ५५ लाख नाघेको छ।बुधबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ५ करोड ५५ लाख  ५२ हजार ५ सय ५ जना  संक्रमित भएको तथ्यांक रहेको छ। 

    अमेरिकामा संक्रमितको संख्या एक करोड १३ लाख ४२ हजार ४ सय ९५ पुगेको छ। त्यस्तै भारतमा ८८ लाख ७४ हजार २ सय ९०, ब्राजिलमा ५९ लाख ११ हजार ७ सय ५८ र रुसमा १९ लाख ५४ हजार ९ सय १२  जनामा  ंसंक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।  

    त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १३ लाख ३६ हजार नाघेको छ। पछिल्लो तथ्यांक अनुसार १३ लाख ३६ हजार ७ सय ९३ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ। 

    अमेरिकामा २ लाख ४८ हजार ४ सय ६८,  ब्राजिलमा १ लाख ६६ हजार ६ सय ९९, मेक्सीकोमा  ९८ हजार ८ सय ६१, बेलायतमा ५२ हजार ८ सय ३९, इटालीमा ४६ हजार ४ सय ६४ जनाको मृत्यु भएको छ।

    विश्वभर तीन करोड ५७ लाख ३० हजार ५ सय १० जना संक्रमणमुक्त भएका छन्।  बुधबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ५३ लाख ५८ हजार २ सय ९९, अमेरिकामा ४२ लाख ९३ हजार ६ सय ४०, रुसमा १४ लाख ६५ हजार ५१ जना संक्रमणमुक्त भएका छन्।

    नेपालमा पनि  दुई लाख ११ हजार ४ सय ७५  जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक लाख ७९ हजार २ सय ४२ जना संक्रमणमुक्त भएका छन् भने एक हजार १ सय  २ सय ४७ जनाको मृत्यु भएको छ।
    भारतमा संक्रमितको संख्या ८८ लाख ७४ हजार २ सय ९० पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख ३० हजार ५ सय १९ पुगेको छ। भारतमा हालसम्म ८२ लाख ९० हजार ३ सय ७० जना  संक्रमित संक्रमणमुक्त भएका छन्।
        
    पाकिस्तानमा हालसम्म ३ लाख ६१ हजार ८२ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ७ हजार १ सय ९३ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख २४ हजार  ८ सय ३४ जना उपचारपछि निको भएका छन्।
        
    बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख ३६ हजार ६ सय ८४ पुगेको छ। बंगलादेशमा हालसम्म ६ हजार २ सय ५४ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा  ३ लाख ५२ हजार ८ सय ९५ छ।
        
    अफ्गानिस्तानमा संक्रमितको संख्या ४३ हजार ६ सय २८ पुगेको छ। अफगानिस्तानमा १ हजार ६ सय ३८ जनाको मृत्यु भइसकेको छ भने ३५ हजार १ सय ६० जना उपचारपछि निको भएका छन्।

    माल्दिभ्समा संक्रमितको संख्या १२ हजार ३ सय ५५ जना रहेको छ। मृत्यु हुनेको संख्या ४५ छ भने उपचारपछि निको हुनेको संख्या ११ हजार ३ सय ८८ पुगेको छ।

    श्रीलंकामा संक्रमितको संख्या १८ हजार ७५ जना  रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या ६६ छ भने निको हुनेको संख्या १२ हजार २ सय १० रहेको छ।

    भुटानमा संक्रमितको संख्या ३७७ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३५५ छ।