तनहुँ : तनहुँको व्यास नगरपालिकामा एक सहित गण्डकी प्रदेशमा २१ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार व्यास नगरपालिका-२ का ३६ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।
लाइफ केयर एण्ड डायग्नोष्टिक प्रालिमा गरिएको परीक्षणमा कास्कीका १९ र स्याङ्जाका एक जनामा पनि सङ्क्रमण पुष्टि भएको छ ।