गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा हातेमालो गर्न ज्ञानेन्द्र मल्लको अपिल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा हातेमालो गर्न ज्ञानेन्द्र मल्लको अपिल

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौ: नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा हातेमालो गर्न सबैमा अपिल गर्नुभएको छ ।

    रंगशाला निर्माण कार्यको अवलोकनपछि सोमवार फेसबूकमा एक तस्वीर राख्दै मल्लले लेख्नुभएको छ :

    ‘धुर्मुस-सुन्तली फाउन्डेसनको नेतृत्वमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको साक्षी बन्न पाउनु गर्वको कुरा हो । यस शानदार प्रयासका लागि फाउन्डेसनलाई बधाई । यो सुन्दर सपनाको प्राप्तिका लागि हातमा हात मिलाउनका लागि सबैमा अपिल गर्दछु ।’

    चितवनको रामपुरमा धुर्मुस-सुन्तली फाउन्डेसनको नेतृत्वमा रंगशाला निर्माणको काम भइरहेको छ ।