पाठ्यक्रम निर्माणमा जुट्यो फेदीखोला गाउँपालिका
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पाठ्यक्रम निर्माणमा जुट्यो फेदीखोला गाउँपालिका

    खबरपुञ्ज संवाददाता

    १२ मंसिर २०७७, शनिबार


    स्याङ्जा : स्याङ्जाको फेदीखोला गाउँपालिको आयोजना र साभ नेपालको सहजीकरणमा पाठ्यक्रम निर्माण सम्बन्धी तीन दिने कार्यशाला शनिबारदेखि शुरु भएको छ ।

    कार्यशालाको उद्घाटन गर्दै सङ्घीय सांसद नारायण प्रसाद मरासिनीले शिक्षाले आफूलाई चिन्दै विश्वबजारसँग प्रतिस्पर्धा गर्नुपर्ने, स्थानीय उद्यमशीलतालाई उजागर गर्नुपर्ने र एक्काइसौं शताब्दीका चुनौतीहरूलाई सामना गर्ने दक्ष जनशक्ति तयार गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

    गण्डकी प्रदेश सांसद मीन प्रसाद गुरूङले स्थानीय पाठ्यक्रममा स्थानीय परम्परागत कला, सीप र व्यवसायहरूको उजागर गर्दै ओझेलमा परेका भाषा संस्कृतिलाई समावेश गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
    गाउँपालिका अध्यण घनश्याम सुवेदीले फेदीखोलाको पहिचान झल्कने वास्तविक दस्तावेजका रूपमा पाठ्यक्रम निर्माण गर्नुपर्ने आफूलाई प्राप्त जिम्मेवारीका लागि आफूहरू पूर्ण प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो ।

    उक्त कार्यक्रममा साभ नेपालका अध्यक्ष अनुसन्धाता तथा लेखक तुलसी प्रवासले स्थानीय पाठ्यक्रमका सम्बन्धमा चर्चा गर्नुभएको थियो ।त्यस्तै पाठ्यक्रम विज्ञ प्राध्यापक ध्रुवराज खनालले स्थानीय पाठ्यक्रम र यसका अन्तराष्ट्रिय अभ्यासका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कृषि विज्ञ वासुदेव काफ्लेले स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्ने कृषि उत्पादनसँग सम्बन्धित विषयको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    गाउँपालिका शिक्षा शाखा संयोजक रामचन्द्र गुरूङले कार्यक्रमको महत्व माथि प्रकाश पार्नुभएको थियो ।