किम जोङ उनले दिए कोरोना नियम नमान्नेलाई गोली हान्ने आदेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    किम जोङ उनले दिए कोरोना नियम नमान्नेलाई गोली हान्ने आदेश

    खबरपुञ्ज संवाददाता

    १३ मंसिर २०७७, आईतवार

    एजेन्सी : दक्षिण कोरियाको गुप्तचर संस्थाका अनुसार, उत्तर कोरियाका नेता किम जोङ उनले कोरोना संक्रमण रोक्नलाई लापरवाही गर्नेहरूलाई गोली हान्ने आदेश दिएका छन् । 

    उनले समुद्रमा माछा मार्न जान पनि प्रतिबन्ध लगाएका छन् ।  अनि अमेरिकालाई उत्तेजित बनाउने कुनै पनि कार्य नगर्न किमले कूटनीतिकर्मीहरूलाई आदेश दिएका छन् । 

    अमेरिकाका नयाँ राष्ट्रपति बाइडनले उत्तर कोरियाका सम्बन्धमा कस्तो दृष्टिकोण अपनाउने हुन् भन्ने विषयले किमलाई चिन्तित बनाइरहेको बुझिएको छ ।  दक्षिण कोरियाका सांसदहरूलाई गुप्तचर संस्थाका अधिकारीहरूले निजी ब्रीफिङमा यो कुरा बताएका हुन् । 

    एक सांसद हा के कुङले गुप्तचर संस्था एनआईएसलाई उद्धृत गर्दै किमले अत्यधिक क्रोध प्रदर्शन गरिरहेको र महामारीको आर्थिक असर न्यूनीकरणका लागि असंगत उपाय अपनाइरहेको बताए । 

    उत्तर कोरियाले अघिल्लो महिना प्योङयाङमा रहेको एक उच्चस्तरीय मनी एक्सचेन्ज कम्पनीलाई विनिमय दरमा कमीका लागि जिम्मेवार ठहर्‍याएको उनले बताए । 

    विदेशबाट ल्याएको सामानमा प्रतिबन्ध लगाउने सरकारी नियम उल्लंघनका लागि जिम्मेवार ठहर गरेर किम शासनले एक प्रमुख अधिकारीको हत्या गरेको पनि उनले एनआईसलाई उद्धृत गर्दै बताए । मारिएका अन्य अधिकारीको पहिचान खुलेको छैन । 

    अनि समुद्री जललाई भाइरस संक्रमित हुन नदिन उत्तर कोरियाले माछा मार्न तथा नून उत्पादन गर्न रोक लगाएको पनि उनले जानकारी दिए । अनि दक्षिण कोरियाको एक औषधि कम्पनीले कोरोनाभाइरसको खोप बनाउन खोजिरहेकोमा उत्तरले कम्पनीको सिस्टम ह्याक गर्न खोजेको पनि उनले बताए ।