अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राई, अन्य दुई आयुक्त पनि सिफारिस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राई, अन्य दुई आयुक्त पनि सिफारिस

    खबरपुञ्ज संवाददाता

    ४ पुष २०७७, आईतवार

    काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्व सचिव प्रेमकुमार राइ सिफारिस भएका छन । संवैधानक परिषदको मंसिर ३० गते बसेको बैठकले आयोगको प्रमुख आयुक्तमा पूर्व सचिव राईलाई सिफारिस गरेको हो ।

    निर्णय मंसिर ३० कै भए पनि आज संसद सचिवालयमा नियुक्ति सिफारिसको पत्र पुगेपछि सार्वजनिनक भएको हो । परिषद्ले अध्यादेश जारी भएपछि यस्तो सिफारिसको निर्णय गरेको हो । सिफारिसमा अन्य दुइ जना आयुक्तको नाम पनि रहेको छ ।

    संसद विघटन भएका कारण ४५ दिनपछि राइ आयोगको प्रमुखमा नियुक्त हुनेछन । संसद रहेको अवस्थामा सार्वजनिक सुनुवाइ गर्नुपर्ने प्रावधान रहेको थियो । आइतबार मात्रै राष्ट्रपतिले संसद विघटनको निर्णय गर्नुभएको थियो ।