विविधता भित्रको एकता भित्र देखिने अन्तरंगहरुमा पनि अनेकता देख्न सकिन्छ । आफैमा शुद्धता रहनु र भोगाईको गहिराईतामा पुग्नु शाव्दिकतामा एक भएता पनि यसमा पनि असमानता हुदो रहेछ । यहि पेरिफेरिमा गुज्रिएको कालखण्डहरु परापुर्वकाल देखी निहित स्वार्थ विना गतिशिल वनेता पनि त्यसको आरोह अवरोह जीवनको भोगाई वन्दो रहेछ । यहि भोगाईको परिवन्धित स्वरुप नै जीवनको यहि एउटा अंश रहेछ । त्यहि अंशको कणमा हामी गुज्रिरहेका छौ । सधै झयालको सानो प्वालमा आँएर वस्ने चरि पनि एक दिन नदेख्दा वेचैन हुने आत्मा, अन्य जीवित आत्माको करुणामा किन विक्षिप्त वन्न सक्दैन । रातको त्यो प्रहरमा सधै देखिने त्यो जीवमा मायाको गुन्जायस हुँदापनि मानव जीवनमा भोग्ने पिडा किन सहज हुन्छ ? भोगाई र देखाईको जीवनमा अविच्छिन्न दुरी रहेको हुन्छ । शाव्दिकतामा भन्दा सतहीमा वाँच्नेहरुका वीचमा हुने अन्तर नगण्य हुने रहेछ ।
पल निरन्तर चलिरहयो । समयको यो गतिमा किन तादात्म्यता मिल्न सकेन, अथवा मिलाउन सकिएन । यो सोच जीवनको अमुल्य पलहरु व्यतित हुदाँ किन वोध हुन सकेन ? जीवनको परिभाषा हरेकको उमेर अनुसार फरक फरक हुन्छ, त्यसमा व्यक्तिको चेतनाले मह्त्वपुर्ण भुमिका खेल्दछ । देखिने र भोगिने सम्वन्धमा फरकपनको जव महशुश हुदैन । जीवन स्वतः निरन्तरताको अंश मात्र वन्ने रहेछ । त्यहि अध्यायको शुरुवाती र अन्त्यमा नै जीवनको परिभाषा लुकेको हुदाँे रहेछ ।
सोचको गतिशिलता भित्र चेतनाको पनि मुख्य भुमिका रहने रहेछ । देखेको र सुनेको लाई सत्य ठाँन्ने प्रवृक्तिमा उसको चेतनास्तरले मलजल गर्ने रहेछ । नचाहेर पनि यो गतिको सारथी वन्नुपर्ने वाध्यता र समयको घर्किदो पलसँगै जीवनको सोचमा आउने अतिरंजनालाई मलमपट्टि लगाउने साधन नहुँदा जीवन साच्चै नै कहालीलाग्दो हुदो रहेछ । यहि कहाली लाग्ने जीवनको त्यो अत्यासलाग्दो छट्टपटिलाई समाधान गर्नका लागी यो रफतारमा धेरै नै सोचको विकास हुन पुग्यो, तर त्यसले नतिजा निकाल्न सकेन । सोच र चेतनाको तादात्म्यतामा समयको गतिलाई पक्रन नसक्दा सोचहरु नै थप मानसिक रुपमा पीडाको प्रतिक वनिदियो ।
साच्चै कहालीलाग्दो यो जीवन भित्र सरल, रोचक र खुशीका पलहरु सदावहार प्राप्त गर्न सकिदैन होला । अतृप्त भौतिक सम्पतिको प्राप्ति नै जीवनको मुख्य उद्येश्य सोच्नेहरु कालान्तरमा गएर के सोच्लान् ? प्रश्नको पहाडले ढाक्न प्रयत्न गरेता पनि त्यसले सार्थकता पाउन सकेन । कमजोरीलाई सफलताउन्मुख वनाउन सानो सोच र आत्मविश्वासले सम्भव नहुने रहेछ । खुशीको त्यो क्षण समान्य भएता पनि कर्तव्यपथका लागी त्यो वाधक वनिदिदो रहेछ । भएको र हुने भनेको सत्य यहि मात्र रहेछ । जुन हामी सवैले व्यतित गरिरहेका छौ । समयको त्यो प्रहरलाई फर्केर हेर्ने र भोलिको त्यो पललाई सोच्ने कार्यले समाज रुपान्तरणलाई कति मलजल गर्ला, अथवा मस्तिष्कमा झन पिडा वनेर वसिदेला ? जीवनको अर्थ खोज्नेहरुका जीवन सजिलो र आनन्दमा वितेको नजिर छैन । त्यसलाई आत्मासात गरेर अगाडी वढ्ने प्रयत्नले जीवनलाई पिडादायी वनाएर परिवर्तनका लागी अगाडी वढ्ने कि क्षणिक खुशीमा आत्मासन्तुष्टि लिएर वाकी जीवन स्वार्थकेन््िरद्रत, कुष्ठा र व्यक्तिवादी वनाउने ? प्रश्नका संशयवीच रहेको यो सोचले जीवन वाच्न असहज वनाईदियो । समय आफनै गतिमा वग्दै जादाँ समाजिक, भौतिक, शारिरिक परिवर्तनको आभास किन जीवनको उर्वर उमेरमा हु्दैन ? सोचको सार्थकता प्राप्तिमा कार्यन्वयनका लागी किन अग्रसरता लिन सक्दैन ? सार्थकता सहज छैन, तर पनि यो न सोच वाट हट्न सक्दछ, न आत्मासात नै । यो समाज अथवा परिवारको चेतनास्तरले मात्र निर्धारण गर्दछ कि व्यक्तिको सोच र अद्भुत क्षमताले । परिवर्तनलाई आत्मासात समान्य रुपमा मात्रै गर्ने हो भने यो सोचको प्रार्दुभाव किन भयो ? अरुलाई समान्य लाग्ने जीवनगाथा किन यति धेरै जटिल लाग्यो ? मानवताको त्यो कसिमा किन आत्मिक सन्तुष्टिको त्यो विराट सपना र कल्पनाको आभास खोज्न लालयित वनिदियो ? जीवन समान्य वनाउने त्यो अभिलाषा किन कार्यन्यवनमा तदारुकता देखिएन ? मानव जातिको भुमिका र धर्तिमा जीवित प्राणीको भुमिका समान हुन्छ भन्ने हेक्काले किन पाईलाहरु रोकिए ?
वाँच्नका लागी न्युनतम आवश्यकता होईन, खोज र सोच नै प्रधान वनिदियो । चुनौतीको पहाडमा किन सिगेरी खेल्ने अभिलाषाले पटक पटक झस्काईदियो ? दिनको प्रहर होस वा रातको त्यो चकमन्नतामा पाईलाको वोझ धर्तिका लागी किन आभास वनिदियो ? जन्म र मृत्यृ वीचको प्रहरमा देखिने गतिविधि समान्य भन्दा असमान्य ठान्ने सोचमा किन यति धेरै विविधता ?
शरिरको वोझ पाईलाको माध्यामवाट धर्तिका लागी वोझ भएको अनुभुति प्रत्येक दिनका पलपलमा भईरहयो । यति धेरै आभासले जीवनमा कसरी सन्तुष्टि दिन सक्दछ ? सन्तुष्टिको अनेकन परिभाषामा रङ्गिएको आकारहरुले जीवनलाई सधै सोधिरह्यो, के जीवनको सार्थकता पुरा भयो ?