प्रधानमन्त्री कप क्रिकेट : गण्डकी र वाग्मती प्रदेश विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    प्रधानमन्त्री कप क्रिकेट : गण्डकी र वाग्मती प्रदेश विजयी

    खबरपुञ्ज संवाददाता

    ४ माघ २०७७, सोमबार

    काठमाडौँ : काठमाडाैंमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार गण्डकी प्रदेशले पहिलो जित निकाल्दा दिनको अर्को खेलमा वाग्मती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

    गण्डकी प्रदेशले मूलपानी क्रिकेट मैदानमा प्रदेश १ माथि २ विकेटको रोमाञ्चक जित निकाल्दा वाग्मतीले सुदूरपश्चिम प्रदेशमाथि १ सय ८० रनको फराकिलो जित निकालेको हो ।

    संघर्षपूर्ण जित निकालेको गण्डकीको जारी प्रतियोगितामा यो पहिलो जित हो । यसअघि पहिलो खेलमा आर्मीसँग पराजय भोगेको गण्डकीका लागि विशाल पौडेलले बलिङतर्फ ह्याट्रिक गर्दा गण्डकीले समूह तालिकामा स्पष्ट दुई अंक जोडेको हो ।

    १ सय ३ रनको समान्य लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको गण्डकीले ३७ ओभरमा ८ गुमाएर पूरा गरेको थियो । संघर्षपूर्ण जित निकाल्दा गण्डकीका ओपनर अर्जुन कुमालले ३५ रनको पारी खेल्दा दीपक डुम्रेले पनि समान ३५ रन नै जोडे । अभिषेक थापाले अविजित १३ रनको स्कोर बनाए भने अन्य ब्याट्सम्यानले दोहोर अंकको स्कोर जोड्न सकेनन् । पराजित भए पनि किफायती बलिङ गरेको प्रदेश १ का लागि शुभशंकर उराले समान २/२ विकेट हात पार्दा दिपेश कँडेल र हेमन्त राईले एक/एक विकेट आफ्नो नाममा लेखाए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २७.४ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय २ रन बनाउन सक्यो । प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले २४ रन बनाए । मिनास थापा २२ रनमा आउट भए । यस्तै शुभशंकर उराले १२, दिपक पासवानले ११ र दिपेश काडेलले १० रन बनाए । प्रदेश १ को पारीलाई सस्तैमा समेट्ने विशाल पौडेलले ह्याट्रिकसहित ४ विकेट लिए । उनले २७ ओभरको दोस्रो, तेस्रो र चौंथो बलमा विकेट लिदै ह्याट्रिक पूरा गरेका थिए । यस्तै सुवास भण्डारीले ४ र विपिन खत्रीले २ विकेट लिए । जितसँगै समूह ‘ए’ मा रहेको गण्डकीले २ खेलमा २ अंक जोडेको छ । गण्डकी समूहको तेस्रो स्थानमा रहेको छ भने पराजित प्रदेश १ को यो लगातार दोस्रो हार हो । प्रदेश १ पुछारमा छ ।