तनहुँ सेवा समाजको सहयोगमा अरनिकोका विद्यार्थीलाई शैक्षिक सामग्री
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    तनहुँ सेवा समाजको सहयोगमा अरनिकोका विद्यार्थीलाई शैक्षिक सामग्री

    खबरपुञ्ज संवाददाता

    २९ फाल्गुन २०७७, आईतवार

    तनहुँ : तनहुँको भानु नगरपालिका–१३ ठूलोढुङ्गास्थित अरनिको माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । तनहुँ सेवा समाज युएईको सहयोगमा विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई आइतबार पोशाक र शैक्षिक सामग्री वितरण गरिएको हो ।

    अरनिको मावि पूर्व विद्यार्थी मञ्चले आयोजना गरेको कार्यक्रममा ४५ जनालाई विद्यालय पोशाक र ३० जनालाई शैक्षिक सामग्री वितरण गरिएको मञ्चका अध्यक्ष गलबहादुर गुरुङले जानकारी दिनुभयो । सोही अवसरमा पूर्व विद्यार्थी मिलन गुरुङले २० थान झोला हस्तान्तरण गर्नुभएकाे थियो ।

    मञ्चका अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भानु नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बानियाँ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्या. होमबहादुर गुरुङ, शिक्षक अभिभावक सङ्घका अध्यक्ष विष्णुसिंह गुरुङ लगायतले शैक्षिक सामग्रीले विद्यार्थीको पठनपाठनलाई नियमित बनाउन सहयोग पुग्ने बताउनुभयो ।