सिलिन्डर व्यवस्थापनमा जुट्याे आँबुखैरेनी गाउँपालिका
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    सिलिन्डर व्यवस्थापनमा जुट्याे आँबुखैरेनी गाउँपालिका

    खबरपुञ्ज संवाददाता

    २६ बैशाख २०७८, सोमबार

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मस्र्याङ्दी जलविद्युत केन्द्रले आँबुखैरेनी गाउँपािलकालाई सिलिन्डर हस्तान्तरण गरेको छ । कोभिड सङ्क्रमण बढेपछि बजारमा अक्सिजन सिलिन्डर अभाव भएकाले केन्द्रले मर्मत प्रयोजनका लागि भण्डार गरी राखेको १२ थान ठूलो सिलिन्डर गाउँपालिकालाई साेमबार हस्तान्तरण गरेको हो ।

    अक्सिजन सिलिन्डरको उपलब्धता भएपछि जलविद्युत केन्द्रलाई फिर्ता दिने गरी सिलिन्डर ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार ९ थान भरि सिलिन्डर र ३ थान खाली सिलिन्डर ल्याइएको छ । खाली सिलिन्डरलाई आज नै भर्न पठाइने पोख्रेलले जानकारी दिनुभयो ।

    प्रमुख प्रशासकीय अधिकृत पोख्रेलका अनुसार गाउँपालिकामा यस अगाडी दुई वटा भरि सिलिन्डर छ । थप सिलिन्डरको पनि खोजी कार्य गरिएको पोख्रेलले जानकारी दिनुभयो । “आँबुखैरेनी गाउँपालिका जिम्मेवार भएर सङ्कट व्यवस्थापनमा जुटिरहेको छ,” पोख्रेलले भन्नुभयो ।

    जलविद्युत केन्द्रले उपलब्ध गराएको सिलिन्डर लिन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोख्रेल, वडा नं ३ का सदस्य दिनेश केसी आफै पुग्नुभएको थियो ।

    आइतबार मात्रै गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाको पहलमा एक कर्मचारीलाई उद्धार गरी काठमाडौ पठाइएको थियो । प्रदेश सरकार मातहत कार्यालयका कर्मचारीलाई श्वासप्रश्वासमा समस्या भएपछि अध्यक्ष थापाको सक्रियतामा एम्बुलेन्स व्यवस्थापन गरिएको थियो ।