तनहुँ : तनहुँको भानु नगरपालिका–८ मा पहिरो खसेर दुई जना घाइते भएका छन् । पहिरोले सडक अवरुद्ध भएपछि पैदल हिँडेर पहिरो पार गर्दै गरेका दुई युवा पहिराले लागेर घाइते भएका हुन् ।
घाइते हुनेमा बेँसीशहर नगरपालिका–१० बस्ने २४ वर्षीय सरोज रिमाल र सोही ठाउँ निवासी ३५ वर्षीय सुनिल रावत रहेको प्रहरीले जनाएको छ । घाइते दुवैलाई उपचारका लागि लमजुङ लगिएको छ । “सडक अवरुद्ध भएपछि हिँडेर जॉदै गरेका युवा पहिरोले लागेर घाइते भएका हुन्,” प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले भन्नुभयो ।
फाइल फोटो