बन्दिपुर : तनहुँको बन्दिपुर गाउँपालिका–१ बेलभञ्ज्याङमा नयाँ बन्दै गरेको घरमा पानी हाल्ने क्रममा करेन्ट लागेर मङ्गलबार एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ वर्षीय सन्तोष थापा क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
निर्माणाधीन घरमा मोटर प्रयोग गरी पानी हाल्दै गर्दा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।