दमौली । बन्दीपुर गाउँपालिकाले अपाङ्गता भएका ११ जनालाई परिचय पत्र वितरण गरेको छ । पालिकाले एक जनालाई अति अशक्त क वर्गको रातो परिचयपत्र, आठ जनालाई अशक्त ख वर्गको निलो र दुई जनालाई सामान्य अशक्त ग वर्गको पहेलो परिचय पत्र प्रदान गरेको हो।
गाउँपालिकाकी उपाध्यक्ष एवं अपाङ्गता समन्वय समितिका संयोजक करुणा गुरुङले घरपरिवारले अपाङ्गता भएका व्यक्तिको हेरचाहमा ध्यान दिनुपर्ने बताइन् । उनले ग वर्गका अपाङ्गता भएका व्यक्तिलाई पनि पालिकाको तर्फबाट मासिक पॉच सयका दरले भत्ता उपलब्ध गराउने निर्णय भएको जानकारी दिइन् ।