‘मेरो एक रुपैयॉ’ कार्यक्रम मार्फत् शिक्षा र स्वास्थ्यमा लगानी : उपमेयर उम्मेदवार आले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    ‘मेरो एक रुपैयॉ’ कार्यक्रम मार्फत् शिक्षा र स्वास्थ्यमा लगानी : उपमेयर उम्मेदवार आले

    खबरपुञ्ज संवाददाता

    २० बैशाख २०७९, बुधबार

    भिमाद । तीन दलीय गठबन्धनबाट भिमाद नगरपालिकाका मेयर उम्मेदवार मिलन आलेले जनताकोष कार्यक्रम अन्तरगत ‘मेरो एक रुपैया’ कार्यक्रम सञ्चालन गरिने बताएका छन् । विभिन्न वडामा घरदैलोका क्रममा आलेले मतदातासँग उक्त प्रतिबद्धता जनाएका छन् ।

    यस कार्यक्रमका लागि नगरका सबै नागरिकले स्वेच्छाले दिनको एक रुपैयॉ दान गर्न सक्ने बताउँदै आलेले उक्त रकम योगदान गर्ने नागरिककै शिक्षा र स्वास्थ्यमा लगानी गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    गठबन्धनका तर्फबाट उपमेयर उम्मेदवार आले घरदैलोका क्रममा विभिन्न वडामा पुगेर मतदातासँग मत माग्न व्यस्त छन् ।