आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकामा तीन सय मतगणना सकिदा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायमै राखेका छन् । वडा नम्बर १ बाट गणना सुरु भएको आँबुखैरेनीमा माओवादी अध्यक्ष उम्मेदवारले एक सय ४८ र उपाध्यक्ष उम्मेदवारले एक सय ११ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवारले ६८ र उपाध्यक्ष उम्मेदवारले ६५ मत पाउँदा एमाले अध्यक्ष उम्मेदवारले ४६ र उपाध्यक्ष उम्मेदवारले ८१ मत प्राप्त गरेका छन् ।