वडा सेवा केन्द्र स्थापना गर्न नवनिर्वाचित वडाध्यक्षसँग माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    वडा सेवा केन्द्र स्थापना गर्न नवनिर्वाचित वडाध्यक्षसँग माग

    खबरपुञ्ज संवाददाता

    ९ जेष्ठ २०७९, मंगलवार

    म्याग्दे । म्याग्दे गाउँपालिका वडा ७ का नवनिर्वाचित वडा अध्यक्ष वसन्त कुमार श्रेष्ठ समक्ष साबिक मनपाङ-८ का पयेर, समिधारा, हर्षपुर, बेलबोट, पिपलचौर क्षेत्रका बासिन्दाहरुले त्यस क्षेत्रका सबैलाई मध्य भाग पर्ने स्थानमा वडा सेवा केन्द्र स्थापनाको लागि माग गरेका छन् ।

    वडा कार्यलय आवतजावत गर्ने गाउँपालिका भित्रको बाटोमा यातायातको सहजता नभएकाले व्यास नपाको बाटो प्रयोग गरि दमौली हुँदै वडा कार्यालय जानुपर्ने त्यस क्षेत्रका जनताको बाध्यता रहेको छ ।

    निम्न आय स्तर भएका अधिकांश नागरिकको बसोबास रहेको उक्त क्षेत्रबाट वडाबाट प्राप्त हुने सामान्य सेवा र सामाजिक सुरक्षा भत्ता लिन समेत समयको नोक्सानीसँगै आर्थिक व्ययभार पर्ने गरेको छ । नवनिर्वाचित वडा सदस्य ध्रुव नेपाली समेतको उपस्थितिमा वडा सेवा केन्द्र स्थापनाका लागि युवा परिषद् तनहुँकी अध्यक्ष एवं सोही क्षेत्रकी वासिन्दा रिता ढकालले वडाध्यक्ष श्रेष्ठलाई ज्ञापनपत्र बुझाएकी थिइन् ।