दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा बसको ठक्करबाट मङ्गलबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालिका–२ बस्ने ४० वर्षीया पवित्रा थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
खैरेनीटारबाट दमौलीतर्फ आउँदै गरेको ना ४ ख ८४४५ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको ग २० प ६३३६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार थापाको मृत्यु भएको हो । थापाको दमौली अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए। दुर्घटनामा सुशीर थापा घाइते भएका छन् ।