आदिवासी जनजाति चलचित्र महासंघ गण्डकी प्रदेश गठन, सचिवमा तनहुँका गल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आदिवासी जनजाति चलचित्र महासंघ गण्डकी प्रदेश गठन, सचिवमा तनहुँका गल

    खबरपुञ्ज संवाददाता

    १४ जेष्ठ २०७९, आईतवार

    पाेखरा । आदिवासी जनजाति चलचित्र महासंघ गण्डकी प्रदेश गठन गरिएकाे छ । पाेखरामा आयाेजित भेलाले माओत्सेतुंग गुरुङ (जिफान) काे अध्यक्षतामा समिति गठन गरेकाे हाे ।

    समितिकाे उपाध्यक्षमा सोम गुरुङ (जिफान), सन्तोष पिठाकोटे मगर ( मगर चलचित्र ), विकास ताम्राकार (नेवा: चलचित्र ), महासचिवमा गोबिन्द पून मगर ( मगर चलचित्र ), सचिवमा गल गुरुङ (जिफान) र सूर्य सुनुवार ( राई चलचित्र ), कोषाध्यक्षमा मिनु गुरुङ (जिफान) र सह-कोषाध्यक्षमा विमल भुजेल ( भुजेल चलचित्र )  चयन भएका छन् ।