दमाैली । तनहुँको बन्दीपुर गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष करुणा गुरुङले नेकपा माओवादी केन्द्र परित्यागको घोषणा गरेकी छन् । शुक्रबार राति सामाजिक सञ्जालमार्फत् गुरुङले माओवादीको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएको उल्लेख गरेकी छन् । साथै उनले आफू स्वतन्त्र रहेको घोषणा गरेकी छन् ।
उनले भनेकी छन्, ‘मैले सधैं परिवार भन्दा पार्टी ठूलो माने, पार्टीको हरेक गतिविधिमा आफूलाई सधैं एक्लो महशुस हँुदै थियो तर पनि राजनीति हो सब ठिक हुन्छ जस्तो लाग्थ्यो । तर त्यो होइन रहेछ, बाटोहरु त धेरै थिए होला तर मेरा पाइला त्यतै बढे जता मेरो आवश्यकता नै थिएन ।’