टिप्परका कारण पुल जोखिममा, स्थानीय दिनभर धर्नामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    टिप्परका कारण पुल जोखिममा, स्थानीय दिनभर धर्नामा

    खबरपुञ्ज संवाददाता

    ३ असार २०७९, शनिबार

    दमौली । व्यास नगरपालिका-४ स्थित सिमलटार बागभन्ज्याङ मार्गमा टिप्पर सञ्चालन हुँदा बुल्दी खोलाको पुल जोखिममा परेको भन्दै टिप्पर रोक लगाउन माग गर्दै स्थानीय धर्नामा बसेका छन् ।

    ओभरलोड टिप्परका कारण पुल जोखिममा परेपछि संरक्षणका लागि वीरता टोल विकास संस्था र वेदव्यास टोल विकास संस्थाका स्थानीयले शनिबार दिनभर उक्त मार्ग बन्द गराएका छन् । टिप्पर सञ्चालनका कारण यो मार्ग पनि भत्किएको वीरता टोलका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए।

    सिमलटारमा वीरता टोलका अध्यक्ष बस्नेत र माथिपट्टि वेदव्यास टोलका अध्यक्ष श्रीभद्र न्यौपानेको नेतृत्वमा स्थानीयले दिनभर टिप्पर चलाउन रोक लगाएका छन्।