दमौली । अधिकृत विक्रेता सङ्घ तनहुँको अध्यक्षमा हरि खड्का चयन भएका छन् । सङ्घको सोमबार सम्पन्न चौथो अधिवेशन एवं सातौ साधारणसभाबाट खड्काको अध्यक्षतामा सर्वसम्मत नयॉ कार्यसमिति चयन गरिएको छ ।
सङ्घको वरिष्ठ उपाध्यक्षमा दिनेश श्रेष्ठ, उपाध्यक्षमा लालु प्रधान, सचिवमा विष्णु पराजुली चयन भएका छन् ।
अधिवेशनको पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले उद्घाटन गरेका थिए ।