आँबुखैरेनी । विश्व रेबिज विरुद्धको दिवसका अवसरमा तनहुँको आँबुखैरेनी गाउँपालिकामा एक सय ४४ सामुदायिक तथा घरपालुवा कुकुरलाई रेबिज विरुद्धको खोप लगाइएको छ ।
सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन बिहीबार आँबुखैरेनी–१ मा एक सय ४४ कुकुरलाई रेबिज विरुद्धको खोप लगाइएको हो ।
असोज ७ गते वडा नम्बर २ मा, ८ गते वडा नम्बर ३ मा, ९ गते वडा नम्बर ४ मा, १० गते वडा नम्बर ५ मा, ११ गते वडा नम्बर ६ मा र १२ गते गाउँपालिकाको कार्यालयमा रेबिज विरुद्धको खोप लगाउने कार्यक्रम रहेको छ ।