तपाईकाे अमूल्य मत, राष्ट्रियताकाे पक्षमा होस् !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    तपाईकाे अमूल्य मत, राष्ट्रियताकाे पक्षमा होस् !

    आरके पाेख्रेल

    २ कार्तिक २०७९, बिहीबार

    निर्वाचन नजिकिदै आईरहेको छ र त चियापसल चोक र चौताराहरुमा आजभोलि चुनाव लागिसकेको छ । बिहानै देखि बेलुकी सम्म आ-आफ्नो आँकलनलाई टेवा पुग्ने गरि बिचारको बल नै प्रयोग गर्ने गरेर उम्मेद्वारहरुको चर्चा परिचर्चा हुने गर्दछ । फलानो पार्टीको उम्मेदवारले जित्छ फलानो पार्टीको उम्मेदवारले हार्छ यस्तै यस्तै तर्कहरुका साथ बुढापाका देखि लिएर युवाहरु समेत गफिन थालेका छन् । ५ बर्ष अघि फलानोले यसो गर्यो उसो गर्यो वा गर्नुपर्ने यो चाहिँ भएन लगायतका विषयबस्तु माथिको चोक – चौतारा बहस त सुरु भैसकेको छ ।

    केहि युवा पंक्तिहरु हिजोको बिरासत अनि बिचारको पैरवी समेत गर्न थालेका छन त केहि युवा जोश जांगर परिवर्तनको पक्षमा भन्दै आफुहरु अलिक फरक तर्कका साथ उभिन थालेका छन् । केही युवा/ विद्यार्थीहरु श्रमजीवी सर्वहाराको भावना बोकेर समाजबादको लक्ष्यमा सामेल गर्न सबैलाई आव्हानका साथ गाउँ बस्तिहरुमा लागिरहेकै छन भने केही युवा/विद्यार्थीहरु जांगर नलाई नलाई नै पनि पुर्खाको बिडो समात्ने तयारीमा जुटेका छन् ।

    आजको युग बिज्ञान र प्रविधिको युग त हुँदै हो फेरिपनी विचारको युग समेत हो । हामीले हाम्रो समाज कस्तो बनाउने,रास्ट्रको नेतृत्व कस्तालाई दिने गम्भीर रुपमा सोच्न जरुरी छ । यो निर्वाचन गम्भीर रुपमा सोच्ने समय हो । आज सहि सोच्न सकियन भने फेरि ” मुति पनि सके दैलो पनि देखे ” जस्तो हुन सक्छ । आज ( मंसिर-४ ) हामिले विबेक पुर्याउन नसक्दा ५ बर्षको लागि सहि नेतृत्व नहुन सक्छ । सहि नेतृत्व नहुनु भनेको स्वाधिनता खतरामा पर्नु हो । रास्ट्रियता खतरामा पर्नु हो । हामिले यो मंसिर-४ को निर्वाचनमा देशको तालाचापी कस्लाई,कस्तालाई बुझाउने सोच्न जरुरी छ। हिजो देखि आजसम्म्म बनेका सरकार र नेतृत्वकर्ताहरुको विषयमा ध्यान पुर्याउनै पर्छ । आफू सिन्को नभांच्ने अर्काले गरेको रिस गर्ने नेपाली राजनीतिकको नमिठो प्रवृत्तिलाई बुझ्न जरुरी छ ।

    हाम्रो देशमा बिस्तारबाद र साम्राज्यवादका बुट बजार्न दिने कि नदिने गम्भीरता पुर्वक सोच्नुपर्ने बेला भएको छ । रास्ट्र रास्ट्रियता खतरामा पर्दा सत्ताको लोभले चुईक्क बोल्न नसक्ने नेतृत्व ठिक कि सत्ताको निम्ति रास्ट्रियता जोगाउने नेतृत्व ठिक गम्भीर रुपमा सोच्नुपर्ने भएको छ । यो मंसिर -४ केवल चुनाव मात्र होईन रास्ट्र रहने कि नरहने ? सुशासन हुने कि नहुने ? प्राकृतिक स्रोत र साधन्हरु बेच्ने कि राख्ने ? समग्रमा उपनिबेश बन्ने कि नबन्ने ? यी र यस्ता गम्भीर विषयको परिक्षामा सामेल हुँदै छौ । केवल चुनाव चुनाब मात्रै हुँदै होइन ? श्रद्धाञ्जली र शुभकामना छुट्टाउन सक्ने आफै लेख्न सक्ने,बोल्न सक्ने नेतृत्व छान्ने कि नछान्ने ? विषय यो हो । बिकास गर्ने कि देश ठेक्कामा दिने ?

    विषय यो हो । नीति विधि बिचार र सिद्धान्तलाई तिलान्जली दिदै जसरी पनि सत्ता हत्याउने कार्यको समर्थन गर्ने कि आफ्नै बल बुतामा समृद्धिको खाका कोर्ने नेतृत्व ल्याउने विषय यो हो । पुल, पुलेसा,सडक,खानेपानी निर्माण गर्ने कि ? लुटतन्त्र मौलाउन दिने ? जनताको लागि बिकास र समृद्धिका खाका कोर्ने कि राज्यको सम्पत्ती पारिवारिक ट्रस्टमा राखेर सत्ताको आहालमा चुर्लुम्म डुबुल्की मार्ने ? प्रदेशको समृद्धिको अभियानको थालनी गर्ने कि ? ट्रस्टवाला सरकार निर्माण गर्ने ? गम्भीर रुपमा सोच्न जरुरी छ । तपाईंको मत देश निर्माणको मत बनोस् । रास्ट्रको रक्षाको मत बनोस् हो,स्वाधिनताको मत बनोस् । त्यसैले मंसिर -४ केवल चुनाव मात्रै होइन, बिदेशी दलालहरुको बुट बजार्न रोख्ने महा- अभियान हो । लम्पसारबादिहरुको हर्कत रोख्ने महा- अभियान हो ।

    स्वाधीनता,रास्ट्रियता र स्वाभिमानको लडाइँ हो । विकास र समृद्धिको लाई खाका कोर्ने महा- अभियान नै हो । सुशासन र समाजवादकाे आधारस्तम्भको निर्माण समेत हो । दिगो आर्थिक विकासकाे महा-अभियानको निर्माण हो । त्यसैले तपाईंको यो अमुल्य मत रास्ट्रियताको पक्षमा प्रयोग होस् । तपाईंको एक मत देशको मत, बिकासको मत, समृद्धिको मत,सुखी नेपाली समृद्ध नेपालको मत बनोस् । फेरिपनी नारायण रायमाझीहरुले – आमा तिम्रो छातिको पाटो,छिमेकिले बनायो मुल बाटो भनेर गित लेख्न र गांउन नपरोस् । चुच्चे नक्सा निर्माण गर्नेहर,धरहरा निर्माण गर्नेहरु रास्ट्रियताको पक्षमा सतिशाल जस्तै उभिन सक्नेहरुलाई देशको नेतृत्व गर्न दिउँ । ! आगामी मंसिर- ४, जनताको सरकार ! बन्ने अठोटका साथ चुनावी मैदानमा सहभागी बनौं सबैलाई शुभकामना ।