काङ्ग्रेस ऋषिङका वडा सभापतिमाथि कुटपिट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    काङ्ग्रेस ऋषिङका वडा सभापतिमाथि कुटपिट

    खबरपुञ्ज संवाददाता

    ५ मंसिर २०७९, सोमबार

    दुलेगाैडा । नेपाली काङ्ग्रेस ऋषिङ–८ का सभापति भरतकुमार श्रेष्ठमाथि कुटपिट भएको छ । घरमै बसिरहेको समयमा सोमबार राति तीन जनाले श्रेष्ठलाई धारिलो हतियार प्रहार सहित कुटपिट गरेका हुन् ।

    प्रहरीले कुटपिटको आरोपमा सन्जय श्रेष्ठ, अर्जुन श्रेष्ठ र महेश श्रेष्ठलाई पक्राउ गरेको छ । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय भिमादमा राखिएको छ ।

    घाइते श्रेष्ठ र उनकी छोरीलाई उपचारका लागि पोखरा पठाइएको वडाध्यक्ष भरतकृष्ण श्रेष्ठले जानकारी दिए ।

    घाइते हुने श्रेष्ठ शिव सरस्वती माध्यमिक विद्यालयका व्यवस्थापन समिति हुन् । कुटपिट गर्ने सन्जय सोही विद्यालयमा पढाउँछन् । सन्जयलाई विद्यालयमा नियुक्त गर्ने बेलामा केही कुरामा चित्त नबुझेर भरतकुमारले विरोध जनाएका थिए ।

    साथै उनी ऋषिङ पुतली समूहबाट वडा सदस्यमा उम्मेदवार बनेका थिए । “त्यतिबेलादेखिकै रिस साँधेर अहिले चुनावको बेला पारेर कुटपिट गरेका हुन्,” वडाध्यक्ष श्रेष्ठले भने ।