दमौली । मुख्य निर्वाचित अधिकृतकाे कार्यालय तनहुँले निर्वाचित सांसदहरुलाई प्रमाणपत्र प्रदान गरेकाे छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत तनहुँ-१ मा निर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यलाई कार्यालयले आइतबार एक कार्यक्रमकाे आयाेजना गरी प्रमाणपत्र प्रदान गरेकाे हाे ।
साे अवसरमा मुख्य निर्वाचन अधिकृत दलबहादुर केसीले आधिकारिक रुपमा मतपरिणाम सार्वजनिक गर्दै विजयी भएकाे घाेषणा गरेका थिए । प्रमाणपत्र प्रदान गर्दै केसीले सबैकाे सहयाेगले तनहुँमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएकाे बताए ।
साेक्रममा तनहुँ-१ (१) का अशाेककुमार श्रेष्ठ र तनहुँ-१ (२) का हरिबहादुर चुमानलाई केसीले प्रमाणपत्र प्रदान गरेका थिए ।
तनहुँ-१ प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल भने कार्यक्रममा अनुपस्थित भएका छन् । पौडेल यतिबेला काठमाडौमा छन् । पाैडेल अस्वस्थ रहेकाे बताइएकाे छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, कालीभञ्जन गण (इ) का गणपति प्रमुख सेनानी रामज्याेती बाेहाेरा, प्रहरी उपरिक्षक राजेन्द्रबाबु रेग्मी लगायत सहभागी थिए ।