मलेसियामा बन्धक बनाइएका १९ नेपालीको उद्दार गर्न सरकारले थाल्यो पहल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मलेसियामा बन्धक बनाइएका १९ नेपालीको उद्दार गर्न सरकारले थाल्यो पहल

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौ । मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्दार गर्न सरकारले पहल सुरु गरेको छ । 

    वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरू विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले अवस्था बुझ्न र उनीहरूलाई उद्दारका लागि पहल लिएको हो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो विषय गम्भीर भएकाले तत्काल उद्दारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिवमार्फत निर्देशन दिएका थिए ।