दमौली । उपप्रधान तथा भौतिक पूर्वाधार यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भेट गरेका छन् । ऑबुखैरेनीस्थित एक होटलमा मन्त्री श्रेष्ठसँग भेट गरी चुमानले विभिन्न विषयमा ध्यानाकर्षण गराएका छन् ।
सोक्रममा चुमानले ऑबुखैरेनी चोकदेखि गोरखा पुलसम्मको क्षेत्रमा २५ मिटरको सट्टा १५ मिटर मापदण्ड कायम हुनुपर्ने भन्दै मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराए । फिडरमार्गको देशभरको मापदण्ड १५ मिटर भएकाले यो क्षेत्रमा पनि सोही मापदण्ड हुनुपर्ने चुमानको जोड थियो ।
सो अवसरमा ऑबुखैरेनी अस्पतालको विषयमा कुरा भएको थियो । चुमानले सत्रसयमा एक शय शय्या क्षमताको अस्पताल निर्माण र बजेट व्यवस्थापनका लागि मन्त्री श्रेष्ठलाई आग्रह गरेका छन् ।
सोही अवसरमा मन्त्री श्रेष्ठले ऑबुखैरेनी अस्पतालको निरीक्षण गर्नुका साथै डायलासिस सेवा प्रारम्भका लागि आवश्यक सहयोगको प्रतिबद्धता जनाएका छन् ।