ऑबुखैरेनीमा मृगको उद्धार, वनमा छाडियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीमा मृगको उद्धार, वनमा छाडियो

    खबरपुञ्ज संवाददाता

    २८ माघ २०७९, आईतवार

    दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिका-३ रामशाह घाटमा घाइते अवस्थामा एक मृगको उद्धार गरिएको छ । सोही ठाउँ निवासी अमृत खत्री केसीले आइतबार बिहान घाइते अवस्थामा मृगको उद्धार गरेका हुन् ।

    केसीले मृगको उद्धार गरी ऑबुखैरेनी गाउँपालिकालाई खबर गरेका थिए । घाइते मृगलाई गाउँपालिकाको पशु सेवा शाखाबाट उपचार गरी सव डिभिजन वन कार्यालय विमलनगर बुझाइएको थियो ।

    उक्त मृगलाई वासस्थान सुहाउँदो वनमा लगेर छाडिएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा. सन्तोष देवकोटाले जानकारी दिए ।