बीमालेखबारे स्पष्ट नहुँदा बीमितहरु अन्योलमा परे : नगरप्रमुख न्यौपाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    बीमालेखबारे स्पष्ट नहुँदा बीमितहरु अन्योलमा परे : नगरप्रमुख न्यौपाने

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले बीमालेख बारे बीमितहरु स्पष्ट नहुँदा अन्यौलता छाउने गरेको बताएका छन् । बुधवार व्यास नगरपालिकामा नेपाल बीमा प्राधिकरणको आयोजनामा भएको बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । 

    यसका लागि कम्पनीहरूले बीमालेख सरल र स्पष्ट बनाउनुपर्ने र प्राधिकरणले समेत त्यसका लागि निर्देशन गर्नुपर्ने बताए ।  सोही अवसरमा नगरप्रमुख न्यौपानेले सेवामुखी हुन र बीमाप्रतिको विश्वसनीयता बढ्ने गरी काम गर्न बीमा कम्पनीहरूलाई आग्रह समेत गरे ।

    नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मल अधिकारीले बीमा सम्बन्धी अवधारणा प्रस्तुत गर्दै ठोस नीतिगत व्यवस्था गरी बीमा कार्यक्रमलाई अगाडि बढाउन नगरपालिकासँग आग्रह गरे ।

    कार्यक्रममा सहभागीहरूले प्रलोभनमा परेर बीमा गर्दा बीमा शुल्क बुझाउन नसक्ने अवस्था आएको, बीमा गर्नुभन्दा अगाडि बीमालेखका बारेमा राम्रोसँग जानकारी नदिने गरेको, एउटै बीमालेखको बीमा शुल्क कम्पनीअनुसार फरक फरक हुने गरेको, जीवन बीमा गर्दा स्वास्थ्य अवस्थाबारे नसोध्ने तर बीमा गरिसकेपछि भने दीर्घरोगी रहेको भन्ने गरेको लगायतका गुनासाहरू राखेका छन् ।