दमौली । नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समिति तनहुँले मायाको चिनोमा राष्ट्रपति रामचन्द्र पौडेलको तस्वीर राखेर अतिथिलाई वितरण गरेको छ । संघको शुक्रबार गोरखाको च्याङ्लीमा आयोजित तेस्रो साधारणसभाको अवसरमा राष्ट्रपति पौडेलको तस्वीर राखिएको मायाको चिनो वितरण गरिएको हो ।
राष्ट्रपतिको तस्वीर दुरुपयोग भन्दै कतिपयले यो कार्यको आलोचना गरेका छन् । सम्मानित संस्थालाई विवादमा ल्याउने गरी चाकडी गरिएको भन्दै सामाजिक सञ्जालमा विरोधका आवाज सुनिन थालेको छ ।
तस्वीर : राजेश कार्की/सामाजिक सञ्जाल