दमाैली । तनहुँकाे म्याग्दे गाउँपालिकाले कृषकलाई बाख्रापालन तालिम आयाेजना गरेकाे छ । पालिकाकाे वार्षिक कार्यक्रम अनुसार सबै वडाका कृषक छनाेट गरी तालिम आयाेजना गरिएकाे हाे ।
आइतबारदेखि सुरु भएकाे तालिममा ७ वटै वडाका कृषककाे सहभागिता रहेकाे पशु सेवा शाखा प्रमुख डा. विनय शाहले जानकारी दिए । उनका अनुसार तालिममा २५ कृषककाे सहभागिता रहेकाे छ । तीन दिनसम्म सञ्चालन हुने तालिममा डा. शाहले बाख्रापालनका लागि आवश्यक ज्ञानबारे कृषकलाई सहजीकरण गर्नेछन् ।
तालिमकाे उद्घाटन समाराेहमा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कृषकलाई आत्मनिर्भर बनाउन सीपसँगै अन्य सहयाेग गरिने बताए । उनले तालिमका सिकेका सीपलाई व्यवहारमा उतार्न सके बाख्रापालनका लागि सहयाेगी हुने बताए ।