डा‍‍‍. स्वर्णिम वाग्ले भन्छन् : अपारदर्शीरुपमा करका दर परिवर्तन भएकाे हाे ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    डा‍‍‍. स्वर्णिम वाग्ले भन्छन् : अपारदर्शीरुपमा करका दर परिवर्तन भएकाे हाे ?

    खबरपुञ्ज संवाददाता

    २२ जेष्ठ २०८०, मंगलवार

    काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले करका दर हेरफेरबारे संसदमा प्रश्न उठाएका छन् । मङ्गलबारकाे संसद बैठकमा बाेल्दै उनले अपारदर्शीरुपमा करका दर परिवर्तन गरिएको हो कि होइन ? भन्ने विषयमा स्पष्ट जवाफ दिन माग गरे ।

    गत वर्षको बजेट निर्माणका समयमा यस्तै घटना भएपछि तत्कालीन अर्थमन्त्रीले राजीनामा दिएको सन्दर्भमा उल्लेख गर्दै उनले नीतिगत भ्रष्टाचारको डरलाग्दो जालो तोड्नुपर्ने बताए।