पोखरा । अनेरास्ववियु गण्डकी प्रदेश कमिटीले सरकारी साधनको दुरुपयोग भएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ। अनेरास्ववियु गण्डकी प्रदेशका संयोजक आरके पोख्रेलले बिहीबार मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै सवारीसाधनको दुरुपयोग रोक्न आग्रह गरेको हो ।
प्रदेश सरकारका पुर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले हालसम्म पनि सरकारी सवारी साधनको प्रयोग गरिरहेको भन्दै अनेरास्ववियुले ध्यानाकर्षण पत्र बुझाएको हो । अनेरास्ववियुले दुरुपयोग गरिएका सबै साधन एकहप्ताभित्र फिर्ता ल्याउन अल्टिमेटम दिएको छ ।