समाजवादी मोर्चा घोषणा हुनु राम्रो, तर सैद्धान्तिक आधार के ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    समाजवादी मोर्चा घोषणा हुनु राम्रो, तर सैद्धान्तिक आधार के ?

    श्रीराम कार्की

    ३ असार २०८०, सोमबार

    नेपालको सन्दर्भमा आजको समाजवादी आन्दोलनको रक्षा र विकास गर्नु मार्क्सवादी विश्वविद्यालको कर्तव्य हो । नेपालमा आजको समाजवाद पनि जननेता कमरेड मदन भण्डारीले खोलेको बाटो भन्दा दायाँबायाँ हिडेर पुग्ने अवस्था देखिदैन ! नाम जस्तै काम हुन सिद्धान्त र आचरण मिल्नु पर्दछ। आज समाजवादी मोर्चा घोषणा हुदैछ, यो आफैंमा खुशी र राम्रो कुरा हो । फुट र विभाजनले होइन हातेमालो मोर्चा र एकताले अगाडि बढ्नु धेरै नै देश र जनताको लागि हितकर कुरा हो। तर त्यसको सैद्धान्तिक आधार के हो? हरिजन्टल र भर्टिकल वा जिकज्याक हेर्न बॉकी छ ।

    समकालीन समाजवादी राजनीतिमा माक्र्सवाद र नेपालको सन्दर्भमा
    जननेता कमरेड मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको मूल्य मान्यता र स्थान के हुन्छ ? जवजको औचित्य र अस्तित्व सकियो अब समाजवाद समाजवाद भन्ने रटान पनि सुनिन्छ त्यो मान्न सकिँदैन । जवजको अस्तित्व र औचित्य जीवन्त छ ।
    जवज भित्र
    १)सामन्तवादकोअन्त्य गर्ने समय जहाँ पुरानो शोषण उत्पीडनका अबशेष अन्त्य गर्न केन्द्रित भएर लाग्ने ।
    २) नयॉ उत्पादन सम्बन्धको आधारमा समाजका सबै क्षेत्रमा भौतिक र सांस्कृतिक दुबै हिसाबले विकास गर्ने सुशासन र समृद्धि निर्माण गर्ने ।
    ३) समाजवाद निर्माणमा जादा स्पष्ट समाजवादी अर्थप्रणाली समान न्याय , उत्पादन र वितरण प्रणाली दलाल नोकरशाही पुँजीवादको प्रभाव बाट अलग रहि जनता बाट अनुमोदित हुने र जनमुखी जनवादी सत्ता निर्माण गर्न आर्थिक र सांस्कृतिक रूपमा क्रान्तिकारी तयारी गर्दै समाजवादको निर्माण गर्ने ।

    जनताको बलमा कुन बाटो समात्छ त मोर्चाले? यो चाहिँ पर्ख र हेरको अव्यवस्था नै छ । भावी समयले नै निर्णय गर्ने छ ।

    (लेखक नेकपा एकीकृत समाजवादी तनहुँका अध्यक्ष हुन्)